+
+
Shares

सिंहदरबारबाट पक्राउ परेका लिङ्देनसहितका नेताहरू भद्रकालीमा

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ७ गते १४:४१
सिंहदरबारबाट पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काअध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूलाई भद्रकाली लगिँदै। तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

७ वैशाख, काठमाडौं । सिंहदरबारबाट पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काअध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर, काठमाडौं लगिएको छ ।

सिंहदबारमा केहीबेर अघि अध्यक्ष लिङ्देनसहित वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र सांसद ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनीहरूलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको एसपी अपिल राज बोहराले जानकारी दिए ।

‘उहाँहरू परिसरमै हुनुहुन्छ,’ बोहराले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?