+
+
Shares

नेपाल आउँदै भारतीय विद्युत्‌मन्त्री खट्टर

भारतले निर्माण गरेको अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस तथा बाँध क्षेत्र अवलोकन गर्ने खट्टरको कार्यक्रम छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ७ गते १४:५४

७ वैशाख, काठमाडौं । भारतका विद्युत् र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर नेपाल आउने भएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा खट्टर नेपाल आउन लागेका हुन् । उनी दुई दिनको भ्रमणका लागि ९ वैशाखमा नेपाल आउनेछन् ।

३० माघ २०८१ मा भारत भ्रमण क्रममा मन्त्री खड्काले त्यहाँका विद्युत्‌मन्त्री खट्टरलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।

ऊर्जामन्त्री खड्कासँगै भारतका विद्युत्‌मन्त्री खट्टरले ९ वैशाखमा भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको कोशी करिडोर २२० केभी प्रसारण लाइन अन्तर्गत इनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार २०० केभी प्रसारण लाइन तथा २२०/१३३/३३ केभी तुम्लिङटार सबस्टेसन, २२०/३३ केभी बानेश्वर सबस्टेसन र २२०/१३३/३३ केभी बसन्तपुर सबस्टेसन संयुक्त रूपमा संखुवासभा तुम्लिङटार सबस्टेसनमा उद्घाटन गर्ने कार्यक्रम छ ।

खट्टरले सोही दिन भारतले निर्माण गरेको अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस तथा बाँध क्षेत्र अवलोकन गर्नेछन् । सोही दिन दुई देशले संयुक्त रूपमा निर्माण गर्न लागेको प्रसारण लाइन निर्माण कम्पनीको सम्झौतापत्रमा हस्ताक्षर हुनेछ ।

त्यस्तै १० वैशाखमा भारतका विद्युत्मन्त्री खट्टरले मुस्ताङ मुक्तिनाथ अवलोकन भ्रमण गर्ने कार्यक्रम छ । सोही दिन उनले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेट गर्नेछन् । खट्टर सोही दिन साँझ पशुपतिनाथ दर्शन गरेर भारत फर्कने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?