+
+
Shares

सिंहदरबारको चारैतिरका सडकमा गाडी चलाउन रोक, दंगा टोली तैनाथ

सिंहदरबार दक्षिण गेट, हनुमानथान, अनामनगर, वैद्यखाना, न्यूप्लाजा, सिंहदरबार पश्चिम गेट र स्वास्थ्य मन्त्रालयतर्फका सडक सुनसान छन् । त्यहाँ ब्यारिकेड राखेर बाटो बन्द गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ७ गते १५:१०
सिंहदरबार दक्षिणगेटबाट माइतीघरतर्फ जाने सुनसान सडक ।

७ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनलाई लक्षित गरी सिंहदरबार वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार क्षेत्रका चारैतर्फका सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

सिंहदरबार दक्षिण गेट, हनुमानथान, अनामनगर, वैद्यखाना, न्यूप्लाजा, सिंहदरबार पश्चिम गेट र स्वास्थ्य मन्त्रालयतर्फका सडक सुनसान छन् ।

त्यहाँ ब्यारिकेड राखेर बाटो बन्द गरिएको छ । त्यसैले ती सडकहरु सुनसान छन् ।

सुरक्षाकर्मीहरु बाक्लो संख्यामा तैनाथ छन् । सिंहदरबारको पर्खाल वरिपरि दंगा नियन्त्रण बललाई खटाइएको छ ।

माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल नजिक पनि दंगा नियन्त्रण टोली र पानीको फोहोरा हान्ने गाडी तैनाथ गरिएको छ ।

सिंहरदबार भित्र प्रवेशमा पनि सर्वसाधारणलाई कडाइ गरिएको छ । सीमित संख्यामा आगन्तुकहरुलाई सुरक्षाकर्मीहरुले केरकार गरेर मात्रै जान दिएका छन् ।

राप्रपाले आज तीनकुने घटनाको न्यायिक छानबिन गर्नुपर्ने, पक्राउ परेका आफ्ना नेताहरुको रिहाइ गर्नुपर्ने लगायतका माग राखेर काठमाडौंमा आज प्रदर्शन आयोजना गरेको छ ।

प्रदर्शनस्थलमा जानुअघि नै प्रहरीले सिंहदरबारभित्रबाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुलाई नियन्त्रणमा लिएको छ । उनीहरुले आफ्ना माग लेखिएका पम्प्लेट बोकेर सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएर काठमाडौं प्रहरी परिसरमा लगेर राखेको छ । अन्य नेता–कार्यकर्ताहरुले भने अध्यक्ष लिङ्देनसहितलगायतको रिहाइको माग गर्दै प्रदर्शन गरेका छन् ।

राप्रपाको प्रदर्शनको कारण आज ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?