+
+
Shares

सुमनासँग छलफल गर्दै डीपी अर्याल, स्वर्णिम वाग्ले र कविन्द्र बुर्लाकोटी

‘राजीनामा आएपछि उहाँसँग सोधपुछ गर्ने प्रक्रिया हो । प्रक्रिया अन्तर्गत नै हामी छलफल गर्छौं’ अर्यालले अनलाइनखबरसँग भने, ‘आजै, भोलि वा जहिले पनि उहाँ (सुमना)सँग छलफल हुन सक्छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ७ गते १५:२७

७ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शीर्ष नेताहरूले सहमहामन्त्री पदबाट राजीनामा दिएकी सुमना श्रेष्ठसँग छलफल गर्दैछन् ।

रास्वपाका कार्यबाहक सभापति डोलप्रसाद अर्यालका अनुसार सुमनासँग छिट्टै छलफल गर्ने तयारी छ ।

उनका अनुसार सुमनासँग उनको राजीनामाबारे महामन्त्री कविन्द्र बुर्लाकोटी, पार्टी उपसभापति स्वर्णिम वाग्ले र उपसभापति अर्यालले छलफल गर्दैछन् ।

‘राजीनामा आएपछि उहाँसँग सोधपुछ गर्ने प्रक्रिया हो । प्रक्रिया अन्तर्गत नै हामी छलफल गर्छौं’ अर्यालले अनलाइनखबरसँग भने, ‘आजै, भोलि वा जहिले पनि उहाँ (सुमना)सँग छलफल हुन सक्छ ।’

सुमनाले सहमहामन्त्रीबाट राजीनामा दिएको विषय यही वैशाख ४ गते सार्वजनिक भएको थियो । राजीनामा आइसकेपछि त्यसबारे पार्टीमा छलफल हुनु स्वभाविक रहेको अर्यालले बताए ।

उनका अनुसार रास्वपाको विधानले कुनै पदाधिकारीले राजीनामा दिँदा महामन्त्रीमार्फत सभापतिलाई दिनुपर्ने र सभापतिले आवश्यक परे सचिवाय र केन्द्रिय समितिसम्म लैजानसक्ने व्यवस्था गरेको छ ।

अर्यालका अनुसार सुमनाको राजीनामामा यो प्रक्रिया पूरा भएको छैन । तथापि, राजीनामा दिइसकेकाले त्यस सम्बन्धमा छलफल गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?