+
+
Shares

राजतन्त्रबारे स्टाटस नहटाउने रास्वपा लुम्बिनी प्रदेश सभापतिको अडान

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ७ गते १५:३७

७ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेशका सभापति देवराज पाठकले आफूले सामाजिक सञ्जालमा लेखेको स्टाटस नहटाउने अडान लिएका छन् ।

रास्वपाका नेताहरूका अनुसार राजतन्त्रबारे लेखिएको स्टाटस हटाउन भनेर एक जना केन्द्रीय पदाधिकारीले पाठकलाई फोन गरेका थिए ।

फोन संवादमा पाठकलाई राजतन्त्रबारे लेखिएको स्टाटस हटाउन भनिएको थियो । तर, लुम्बिनी सभापति पाठकले आफूले आफ्नो धारणा लेखेको र नहटाउने जवाफ दिए । फोन संवादमा पाठकले दिएको जवाफ उद्धृत गर्दै ती नेताले भने, ‘मैले आफ्नो धारणा लेखेको हुँ । पार्टीको होइन । हटाउँदिन ।’

लुम्बिनी प्रदेश सभापति पाठकको स्टाटसले रास्वपाभित्र तरंग पैदा गरेको छ । पाठकले केही दिन अगाडि राजतन्त्रको विरासत छोरा वा छोरी जो भए पनि राजा विरेन्द्रको वंशभित्र रहनुपर्ने भनेर फेसबुकमा लेखेका थिए ।

नेताहरूका अनुसार रास्वपा नेतृत्वले राजतन्त्रलाई हेर्ने पार्टीको स्पष्ट दृष्टिकोण सार्वजनिक नगर्दा समस्या भएको छ ।

पछिल्लो समय राजावादीहरूले आफ्ना गतिविधि अगाडि बढाइरहेका छन् । रास्वपाको नेतृत्व राजावादीको गतिविपधिप्रति मौन रहँदै आएको छ ।

रास्वपाकै नेताहरूका अनुसार पार्टी सभापति रवि लामिछाने कमजोर भएको आकलन गरेर कतिपय नेता/कार्यकर्ताहरू राजावादीको पक्षमा माहोल आउँछ कि भनेर त्यसतर्फ लाग्न थालेका छन् ।

लुम्बिनी प्रदेश सभापति पाठक पनि कांग्रेसमा अवसर नपाएर रास्वपामा लागेका नेता हुन् । उनी पूर्वशिक्षक हुन् । कांग्रेसमा क्षेत्रीय स्तरसम्मको राजनीति गरेका उनी रास्वपामा क्रियाशील छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?