
७ वैशाख, काठमाडौं । राप्रपाले आज काठमाडौंमा गरेको प्रदर्शनको अनुगमनमा राष्ट्रिय मानव अधिकार आयोगको टोली खटिएको छ ।
आयोगका कर्मचारीहरु बानेश्वर, बिजुलीबजार, बबरमहल, माइतीघर र सिंहदरबार आसपासको क्षेत्रमा खटिएर प्रदर्शन अनुगमन गरेका हुन् ।
आयोगले यसअघि चैत २६ गते राप्रपाले बल्खुमा गरेको प्रदर्शन र चैत १५ गते राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शन पनि अनुगमन गरेको थियो । तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक भए पनि बल्खुको प्रदर्शन शान्तिपूर्ण थियो ।
राप्रपाको आजको प्रदर्शनबारे आयोगको धारणा भने सार्वजनिक हुन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4