
७ वैशाख, काठमाडौं । जनमत पार्टीले आन्दोलनरत शिक्षकका न्यायोचित मागहरू तत्काल पूरा गर्न सरकारसँग माग गरेको छ । पार्टीका प्रवक्ता डा. शरद सिंह यादवले आइतबार एक विज्ञप्ति जारी गर्दै तत्काल शिक्षा ऐन जारी गर्न सरकारसँग माग गरेका छन् ।
‘नेपाल सरकारको शिक्षा नीति, ऐन, कानुन र शिक्षा क्षेत्रमा देखा परेका विकृति र अन्यौल अन्त्य गर्नुपर्ने आवश्यकता देखिन्छन्,’ विज्ञप्तिमा डा. यादवले भनेका छन् ।
‘आन्दोलनरत शिक्षकहरूसँग नेपाल सरकारले तत्काल वार्ता गरी न्यायोचित मागहरू सम्बोधन गर्दै शिक्षा ऐन समेत जारी गर्न जनमत पार्टी नेपाल सरकारसँग माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4