+
+
Shares
चलचित्र महोत्सव :

ग्रामिण चलचित्र महोत्सवमा ‘अञ्जिला’ उत्कृष्ट फिल्म, जितु उत्कृष्ट अभिनेता

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ७ गते १६:२९

काठमाडौंँ । ग्रामीण चलचित्र महोत्सवको चौंथो संस्करणका विजेतालाई पुरस्कृत गरिएको छ । रसुवाको गोसाइकुण्ड गाउँपालिकामा आयोजित कार्यक्रम संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङसहितले पुरस्कार वितरण गरे ।

गतवर्षको सुपरहिट फिल्म ‘अञ्जिला’ उत्कृष्ट कथानक फिल्म घोषित भयो । ‘माझी’ उत्कृष्ट वृत्तचित्र र ‘म कमरेड’ उत्कृष्ट छोटो फिल्म घोषित भए । ‘अञ्जिला’बाट मिलन चाम्स उत्कृष्ट निर्देशक घोषित भए ।

फिल्म ‘ज्वाइँ साब’बाट जितु नेपाल सर्वश्रेष्ठ अभिनेता घोषित भए । केकी अधिकारीले ‘बोक्सीको घर’बाट उत्कृष्ट अभिनेत्रीको उपाधि जितिन् । प्रदीप खड्काले ‘पुजार सार्की’बाट जुरीतर्फ उत्कृष्ट अभिनेताको अवार्ड जिते ।

उत्कृष्ट सांगीतिक छोटो फिल्म विधातर्फ ‘प्याकुली’का रामहरि खड्का, उत्कृष्ट सांस्कृतिक फिल्म विधामा ‘आप्लेगा नाम्सा’ र प्रोत्साहन विधामा रोनिस खड्काले ‘प्याकुली’बाट अवार्ड जिते ।

भरत रेग्मीले ‘पूजार सार्की’बाट उत्कृष्ट दृश्य सम्पादक, ‘बोक्सीको घर’बाट शिवराम श्रेष्ठ उत्कृष्ट छायांकार, ‘द्रौपदी’बाट ऋषिराज आचार्यले जुरी मेन्सन अवार्ड, ‘ज्वाइँ साब’बाट वसन्त निरौलाले निर्देशनतर्फ जुरी अवार्ड, ‘बोक्सीको घर’बाट मनोज श्रेष्ठले उत्कृष्ट भिजुअल इफेक्ट विधामा उत्कृष्ट बने ।

मन्त्री गुरुङसहित चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र गोसाईकुण्ड गाउपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले विजेतालाई अवार्ड वितरण गरे । ३ दिने महोत्सवमा २२ फिल्म स्क्रिनिङ भए ।

‘आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र’ भन्ने नाराका साथ सेलिब्रेटी नेपालले नियमित रुपमा महोत्सव आयोजना गर्दै आएको महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए ।

कार्यक्रममा रेडियो रसुवाका पत्रकार दीपक लामालाई नगद ५,५५५ सहित ‘पत्रकारिता पुरस्कार’ र ‘लाज शरणम्’ फिल्मका निर्माता नवीन श्रेष्ठलाई सम्मान प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?