काठमाडौं। ई स्पोर्टस संघ नेपाल(ईशान)को आयोजनामा यही वैशाख अन्तिम साता पब्जी मोबाईलको एसियन ई स्पोर्टस प्रतियोगिता हुने भएको छ ।
ई स्पोर्टसको पब्जी मोबाईल खेललाई समावेश गरेर वैशाख २६, २७ र २८ गते ईशान पब्जी मोबाईल एसियन सोडाउन गर्ने आयोजकले आईतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
अनलाईनमार्फत हुने प्रतियोगितामा नेपालका शीर्ष तीन क्लब सहित एसियाका १३ देशका टिमले प्रतिस्पर्धा गर्ने ईशानका अध्यक्ष अन्जन धमलाले जानकारी दिए ।
इशानको राष्ट्रिय प्रतियोगितामा शीर्ष तीन स्थान हासिल गर्ने टिमले नेपालको प्रतिनिधित्व गर्नेछन् । जसमा नेपालबाट तीन टिम डीआरएस गेमिङ नेपाल, होरा इ-स्पोर्ट्स र नेपेक्स इ-स्पोर्ट्सले प्रतिस्पर्धा गर्नेछन् ।
यसैगरी मलेसिया, इन्डोनेसिया, भियतनाम, फिलिपिन्स, पाकिस्तान, बंगलादेश, जोर्डन, सिरिया, लाओस, लेबनान, मंगोलिया, श्रीलंका, माल्दिभ्सको टिमले पनि सहभागी हुनेछन् ।
१३ देशको टिमको सहभागिता पनि पक्का भईसकेको ईशानले जनाएको छ ।
सम्बधित देशको संघमार्फत न टिमको सहभागिता पक्का गराएको ईशानका अध्यक्ष धमलाले जानकारी दिए ।
प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्को स्वीकृति रहेको ईशानले जनाएको छ ।
प्रतियोगिता भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ ।
एसियाका उत्कृष्ट गेमरलाई एउटै भर्चुअल एरिनामा
एकताबद्ध गर्न यस प्रतियोगिता उपयोगी हुने संघको विश्वास छ । एसियन ई स्पोर्ट्स कार्यक्रमलाई सरकारले नै नीति तथा कार्यक्रम र बजेटमा समावेश गरेर ई स्पोर्टस खेलको विकासमा सरकारले तदारुकता र चासो देखाएको ई स्पोर्ट्स संघले जनाएको छ ।
ल्यान ईभेन्ट नै गर्ने तयारी भएपनि सरकारले थप बजेट उपलब्ध गराउन नसक्ने जनाएपछि भर्चुअल रुपमै आयोजना गर्न लागिएको ईशानका अध्यक्ष धमलाले जानकारी दिए ।
ई स्पोर्ट्स उदाउँदो खेलको रुपमा रहेको र यसमार्फत देशलाई नै चिनाउन सकिने धमलाले बताए । प्रतियोगिताको बजेट ३२ लाख अनुमानित रहेको र शीर्ष ६ टिमलाई नगद पुरस्कार प्रदान गरिनेछ ।
प्रतिक्रिया 4