+
+
Shares
बक्सअफिस :

‘पिताम्बर’ले दोस्रो शनिबारसम्म कति कमायो ?

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ७ गते १६:४९

काठमाडौं । प्रदीप खड्का स्टारर ‘पिताम्बर’ले घरेलु बक्सअफिसमा दोस्रो सप्ताहन्तसम्म देशब्यापी सुखद कमाइ गरेको छ ।

कृषा चौलागाईं निर्देशित यो फिल्ममा प्रदीप खड्काको शीर्ष भूमिका छ । सौगात मल्ल, दयाहाङ राई, दिब्या रायमाझी, अनुपविक्रम शाही, दिब्यदेव पन्त लगायतका सहायक कलाकार यसमा छन् ।

स्टारकास्ट, हाइप र मेकरको सूचक हेर्दा फिल्मले रिलिजअघि नै चर्चा पाइरहेको थियो । संचार तथा सूचना प्रविधि मन्त्रालयको बक्सअफिसमा फिल्मले प्रदर्शनको ९ दिन (दोस्रो शनिबारसम्म) देशब्यापी २ करोड ५८ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ ।

यो एक्सन फिल्मको निर्माण र निर्देशकीय शैलीको यतिबेला चर्चा भैरहेको छ । यसको प्राविधिक शिल्पको दर्शकले प्रशंसा गरेका छन् । दक्षिण भारतीय फिल्म शैलीको एक्सन कोरियोग्राफी र क्राफ्ट भन्दै यसको प्रशंसा भैरहेको छ ।

यो फिल्मलाई सर्वसाधारण दर्शकमात्र होइन, नेपाली प्रहरीले पनि हल हलमा पुगेर हेरिरहेका छन् । फिल्म प्रचारको लागि निर्माता, निर्देशक र कलाकार सुदुरपश्चिम पुगेर दर्शकसँग भेटिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?