
काठमाडौं । घरेलु बक्सअफिसमा फिल्म ‘अञ्जिला’को कमाइको गति रोकिएको छैन । स्थिर अंकसहित अझै पनि कमाइ गरिरहेको देखिएको छ । आँकडा हेर्दा लाग्छ, यसको ‘लाइफटाइम’ कलेक्सन झण्डै १० करोड हाराहारीमा पुग्न सक्छ ।
फागुन २९ गतेदेखि प्रदर्शनमा आएको मिलन चाम्स निर्देशित फिल्मले संचार तथा सूचना प्रविधि मन्त्रालयको बक्सअफिसमा बैशाख ६ गते शनिबारसम्म देशब्यापी ८ करोडभन्दा धेरै कमाइ गरेको छ ।
अहिलेसम्म फिल्मको कूल ग्रस कलेक्सन ८ करोड २८ लाख छ ।
‘अञ्जिला’ २०८१ सालमा सबैभन्दा धेरै कमाउने शीर्ष १० फिल्मको पाँचौ स्थानमा छ । चौंथो स्थानमा उक्लन यसले केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’को कूल कमाई १० करोड २ लाख रुपैयाँ ग्रसलाई उछिन्नुपर्छ ।
शनिबारसम्म प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को कूल ग्रस कमाई १ करोड ८५ लाख रुपैयाँ ग्रस छ । विपिन कार्की स्टारर ‘कर्मा’को अहिलेसम्मको कमाइ २६ लाख २८ हजार रुपैयाँ ग्रस छ ।
प्रतिक्रिया 4