
काठमाडौं । अभिनेता टीका पहारी र अभिनेत्री रेजिना उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार’ प्रदान गरिने भएको छ । पुरस्कारको संस्थापक ‘परिवर्तन नेपाल’ले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।
२०८० सालको पुरस्कार अभिनेता पहारी र २०८१ सालको पुरस्कार उप्रेतीलाई प्रदान गर्ने निर्णय गरेको जनाइएको छ । पुरस्कारको राशी २५ हजार नगद रहने उल्लेख छ ।
यस वर्षदेखि ‘हरितारा चलचित्र पत्रकारिता पुरस्कार’को स्थापना भएको छ । यसवर्षको पुरस्कार चलचित्र पत्रकार विष्णु सुवेदीलाई नगद १० हजार राशी सहित प्रदान गरिने जनाइएको छ । संस्थाका अध्यक्ष मोहन निरौलाका अनुसार २०५२ सालमा समाजसेवी श्रीमती विजया राणा (तारानानी)ले आफू र आफ्ना पति हरि शमशेरको नाममा अक्षयकोष खडा गर्दै पुरस्कारको स्थापना गरेकी हुन् ।
अभिनेता पहारी ४ दशक र उप्रेती २ दशकदेखि अभिनयमा सक्रिय छन् । यस्तै, श्री दुर्गादेवि पूण्य निरौला स्मृति पुरस्कार कलाकार करण ढुङ्गाना र निर्देशक सम्झना उप्रेती रौनियारलाई प्रदान गर्ने निर्णय गरेको छ ।
सोही बैठकले नेपाली फिल्म क्षेत्रको विकास र विस्तारमा योगदान दिएको भन्दै फिल्मकर्मी रवीन्द्रसिंह बानियाँ, अमर ओली, जेबी रुवाली, सविन श्रेष्ठ, गोपाल ढकाल र सुनिल कटुवाललाई सम्मान गर्ने निर्णय पनि गरेको छ ।
जेबि रुवाली, अभिनेता सविन श्रेष्ठ, अभिनेता गोपाल ढकाल (छन्दे) र अभिनेता सुनिल कटुवाललाई उक्त सम्मान अर्पण गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया 4