+
+
Shares

राप्रपाले भन्यो- सरकारको रवैया अलोकतान्त्रिक र सर्वसत्तावादी

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ७ गते १७:५०

७ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूलाई सिंहदरबार परिसरबाटै पक्राउ गर्नु आपत्तिजनक र दुर्भाग्यपूर्ण रहेको ठहर गरेको छ ।

आइतबार दिउँसो अध्यक्षसहितका नेताहरू पक्राउ परेलगत्तै बसेको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठकले यस्तो ठहर गरेको हो ।

बैठकले पक्राउ परेका सबै नेताहरूको अविलम्ब रिहाइको माग गरेको छ ।

‘सरकारको यसप्रकारको रवैया अलोकतान्त्रिक, सर्वसत्तावादी र विपक्षी आवाजलाई निस्तेज पार्ने निरंकुश चरित्र भएको प्रष्ट छ,’ बैठकको निर्णयमा भनिएको छ, ‘अध्यक्ष र नेताहरू पक्राउको राप्रपा घोर निन्दा र भत्सर्ना गर्दछ । यसको सर्वत्र विरोध गरिनुपर्छ ।’

संविधान प्रदत्त अधिकारको उपभोग गर्ने क्रममा बाधा अवरोध गरिएको भन्दै राप्रपाले आगामी दिनमा थप विरोध र प्रतिवाद गर्ने पनि उनले बताएका छन् ।

राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापना, संघीयताको खारेजी लगायतका राजनीतिक, सामाजिक र जनजीविकाका विविध मुद्दाका पक्षमा अझ दृढ रुपमा अघि बढ्ने प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?