+
+
Shares

प्रचण्डको गुनासो : कतै दलतन्त्र भनेर निरंकुशतालाई प्रोत्साहन गर्न खोजिएको त होइन ?

विराटनगरमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले प्रश्न गरे, ‘यसरी भन्नाले कतै निरंकुशता, दलबिहीनता वा निर्दलीयतालाई प्रोत्साहन दिन खोजिएको त होइन?’

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ७ गते १८:२३

७ वैशाख, काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलतन्त्र भन्दै तीन शीर्ष नेतालाई गरिएको टिप्पणीप्रति गुनासो गरेका छन् ।

विराटनगरमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले प्रश्न गरे, ‘यसरी भन्नाले कतै निरंकुशता, दलबिहीनता वा निर्दलीयतालाई प्रोत्साहन दिन खोजिएको त होइन?’ उनले यसबारे जनतालाई बुझाउन आवश्यक रहेको टिप्पणी गरे ।

प्रचण्डले देशमा ‘लोकतन्त्र नभई नेतातन्त्र भएको हो’ भन्ने भनाइप्रति पनि असन्तुष्टि व्यक्त गरे।

‘नेतातन्त्र भन्ने शब्द प्रयोग गरेर तीन जना नेताहरूलाई लक्षित गर्दै लोकतन्त्र, प्रणाली र संविधानप्रति नै आक्रोश पोखिने प्रयास भइरहेको देखिन्छ’ उनले भने, ‘कसैले जानाजान, कसैले बोल्न नसकेर वा ईर्ष्यावश त्यसो गरिरहेको अवस्था देखिन्छ ।’

प्रचण्डले नेतातन्त्र भन्ने कुनै व्यवस्था नै नहुने टिप्पणी गरे ।

‘नेतातन्त्र भन्ने कुनै व्यवस्था हुँदैन। नेताहरूमा कमजोरी हुन सक्छ। उनीहरूको आलोचना गर्न सकिन्छ। तर, नेताविनाको लोकतन्त्र सम्भव छैन। नेतातन्त्र भन्ने शब्दावली लोकतन्त्रको उपहास हो।’

लोकतन्त्रमा नेताको भूमिका अनिवार्य हुने, र ‘नेतातन्त्र’ भन्ने शब्दले लोकतान्त्रिक मूल्य र संरचनामाथि प्रहार गर्ने उनको टिप्पणी थियो ।

‘लोकतन्त्रमा नेतातन्त्र भन्ने कुरै हुँदैन। नेता नभएको पार्टी हुँदैन। कोही नेता गलत हुन सक्छ, तर तन्त्रको रूपमा नेतातन्त्र भन्ने मिल्दैन’ उनले भने, ‘मुख्य कुरा लोकतन्त्रको पक्षमा हो कि होइन भन्ने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?