+
+
Shares

प्रभा कार्की संघर्षशील नारी पुरस्कार जाजरकोटकी देवी नेपालीलाई

गत शुक्रबार राजेश्वर कार्कीको अध्यक्षतामा बसेको बैठकले यसवर्षको प्रभा कार्की संर्षशील नारी पुरस्कार देवी नेपालीलाई दिने निर्णय भएको आयोजकले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ७ गते १९:५४

७ वैशाख, काठमाडौं। यसवर्षको प्रभा कार्की संघर्षशील नारी पुरस्कार जाजरकोटकी देवी नेपालीलाई प्रदान गरिने भएको छ ।

गत शुक्रबार राजेश्वर कार्कीको अध्यक्षतामा बसेको बैठकले यसवर्षको प्रभा कार्की संघर्षशील नारी पुरस्कार देवी नेपालीलाई दिने निर्णय भएको आयोजकले जनाएको छ ।

उक्त पुरस्कारको राशि २१ हजार १०१ रुपैयाँ रहेको छ ।

उक्त पुरस्कार योगेश्वर स्मृति प्रतिष्ठानको आयोजना एवम् त्रिभुवन माध्यमिक विद्यालयको सहआयोजना र कवि हरि सन्दर्भको संयोजनमा आगामी वैशाख २२ गते खलङ्गा, जाजरकोटमा प्रदान गरिने आयोजकले जनाएको छ ।

संघर्षशील ममतामयी माता प्रभा कार्कीका नाममा हरेक वर्ष प्रदान गरिदै आएको यो पुरस्कारको स्थापना उनका छोराहरू राजेश्वर कार्की, परमेश्वर कार्की र ज्ञानेश्वर कार्की वि.सं.२०८० सालमा स्थापना गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?