+

एनएसएल : चितवनलाई हराउँदै पोखरा दोस्रो क्वालिफायरमा

२०८२ वैशाख  ७ गते २०:२० २०८२ वैशाख ७ गते २०:२०
एनएसएल : चितवनलाई हराउँदै पोखरा दोस्रो क्वालिफायरमा

७ वैशाख, काठमाडौं । जोए आएडुको दुई गोल मद्दतमा एफसी चितवनलाई ३-० ले पराजित गर्दै पोखरा थण्डर्स नेपाल सुपर लिग २०२५ को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आइतबार भएको खेलमा पोखराले सबै गोल दोस्रो हाफमा गरेको थियो । पोखराले यो जितपछि लिग चरणमा चितवनसँग व्यहोरेको हारको बदला समेत लिएको छ ।

पोखराले अब फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा धनगढी एफसीसँग आउने बुधबार प्रतिस्पर्धा गर्नेछ । लिग चरणमा तेस्रो भएको चितवन र चौथो भएको पोखराबीच पहिलो हाफ निरश बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा पोखराले ३ गोल गर्‍यो । पोखरा दोस्रो हाफमा धेरै हदसम्म भाग्यमानी रह्यो ।

चितवनले आत्मघाती गोल उपहार दिँदा पोखराले अग्रता लिएको थिय । ६२औं मिनेटमा चितवनका अभिषेक लिम्बुले आत्मघाती गोल गरे । पोखराका स्टेफेन विनोङ समिरको शक्तिशाली प्रहार चितवनका गोलकिपर अमल नाइटले पूर्ण रुपमा क्लियर गर्न नसकेपछि पोखराका समिर तामाङले बल क्रस गरेका थिए ।

पोखराका कप्तान आयुष घलान बल हान्न गइरहेका थिए तर चितवनका अभिषेक लिम्बुलाई लाग्दै बल गोल भएको हो । त्यसपछि जोए आएडुले दुई गोल गरे । उनले पहिलो गोल ७२औं मिनेटमा गर्दै पोखराको अग्रता दोब्बर पारे ।

जन्मे जय धामीले दायाँ भागबाट दिएको पासमा आएडुले चितवनका छिरिङ गुरुङलाई छलाउँदै हानेको प्रहार चितवनका खेलाडीलाई लाग्दै क्रस बारमा लागेर गोल भयो । चितवनका गोलकिपर त्यसमा मुखदर्शक मात्र बने ।

त्यसको चार मिनेटपछि नै आएडुले व्यक्तिगत दोस्रो गोल गरे । बएडुले चन्दन दासको पासमा आएडुले बक्स भित्रबाट वान टच फिनिस गरे ।

एनएसएल एफसी चितवन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय