
७ वैशाख, काभ्रे। काभ्रेको मण्डनदेउपुर-३ मा स्कार्पियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
स्कर्पियोको ठक्करबाट मण्डनदेउपुर–३ अदुवावारीमा गोथे विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी एवं प्रवक्ता मिनबहादुर घलेले बताए ।
इलाका प्रहरी कार्यालय पाँचखालको टोली घटनास्थलमा पुगेको तर जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी पुगेर लास उठाउने तयारी भइरहेको डीएसपी घलेले बताए ।
उनका अनुसार बा १८ च ९९५९ नम्बरको स्कार्पियोले टिपरलाई साइड दिने क्रममा पैदलयात्रुलाई ठक्कर दिएको थियो। उनको घटनास्थलमै मृत्यु भएको उनले बताए ।
स्कार्पियोका चालक भने फरार छन् ।
प्रतिक्रिया 4