+

रोहित र सुर्यकुमारको अविजित अर्धशतकमा मुम्बईले चेन्नईलाई हरायो

२०८२ वैशाख  ७ गते २३:१० २०८२ वैशाख ७ गते २३:१०
रोहित र सुर्यकुमारको अविजित अर्धशतकमा मुम्बईले चेन्नईलाई हरायो

८ वैशाख, काठमाडौं । रोहित शर्मा र सुर्यकुमार यादवले अविजित अर्धशतकसहित शतकीय साझेदारी बनाएपछि मुम्बई इन्डियन्सले आईपीएल २०२५ मा चेन्नई सुपर किङ्समाथि सहज जित निकालेको छ ।

आइतबार बेलुका भएको दोस्रो खेलमा मुम्बईले चेन्नईलाई ९ विकेटले हराएको हो । चेन्नईले दिएको १७७ रनको लक्ष्य मुम्बईले १५.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो ।

रोहित ७६ तथा सुर्यकुमार ६८ रनमा अविजित रहे । चेन्नईका लागि रविन्द्र जडेजाले एक मात्र विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १७६ रन बनायो । रविन्द्र जडेजाले अविजित ५३ तथा शिवम दुबेले ५० रन बनाए ।

मुम्बईका जसप्रित बुमराहले २ विकेट लिँदा दिपक चहर, अश्वनी कुमार र मिचेल सान्टनरले १-१ विकेट लिए ।

यस जितपछि ८ खेलमा ६ अंक भएको मुम्बई अंकतालिकामा छैटौं स्थानमा उक्लिएको छ भने ८ खेलमा छैटौं हार बेहोर्दा ४ अंक मात्र भएको चेन्नई १०औं स्थानमा यथावत् छ र अब प्लेअफ सम्भावना कठिन हुन थालेको छ ।

आईपीएल क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय