+
+
Shares

इजरायली सेनाले भन्यो– बुझाइको त्रुटिले गाजामा १४ स्वास्थ्यकर्मीको मृत्यु

इजरायली सेनाका ड्युटी कमाण्डर बर्खास्त

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ८ गते ७:१०

८ वैशाख, काठमाडौं । इजरायली सेनाले गत महिना गाजामा आपतकालीन सेवामा कार्यरत चिकित्सकसहित १४ स्वास्थ्यकर्मीको मृत्यु ‘बुझाइको त्रुटि’ का कारण भएको जनाएको छ ।

यस घटनाको अनुसन्धानका क्रममा इजरायली सेना (आईडीएफ)ले थुप्रै कमजोरीहरू फेला पारेको जनाएको छ ।

सेनाको प्रतिवेदनमा सम्बन्धित युनिटका कमाण्डरलाई ‘सोधपुछका क्रममा अधुरो र गलत रिपोर्ट दिएको’ पत्ता लागेपछि बर्खास्त गरिएको उल्लेख छ ।

२३ मार्चमा अर्थात् गएको महिनामा प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटी (पीआरसीएस) को एम्बुलेन्स, संयुक्त राष्ट्रसंघको एउटा सवारीसाधन र एउटा दमकल गाडीमा इजरायली सेनाले गोली चलाएको थियो । सो घटनामा आपत्कालीन सेवामा कार्यरत १४ जना कर्मचारीहरू र संयुक्त राष्ट्रसंघका एक कर्मचारीको मृत्यु भएको थियो ।

पहिले इजरायलले ती गाडीहरु हेडलाइट वा फ्ल्यासलाइट बिना अन्धकारमा ‘शंकास्पद ढंगले’ अघि बढिरहेकाले इजरायली सैनिकहरूले त्यसमा गोली चलाएको दाबी गरेको थियो ।

त्यतिबेला भनिएको थियो– ती सवारीसाधनहरूको आवागमनबारे सेनालाई पहिले जानकारी दिइएको थिएन वा यसका लागि सेनासँग सहमति लिइएको थिएन ।

त्यसको केही दिनपछि इजरायली सेनाले २३ मार्चमा दक्षिणी गाजामा आपतकालीन सेवाका १५ जना कर्मचारीहरूको मृत्युको घटनामा गल्ती भएको स्वीकार गरेको थियो ।

सो घटनाको पूर्ण जानकारी मृतक एक स्वास्थ्यकर्मीको मोबाइल फोनमा रेकर्ड भएको भिडियो फुटेजबाट पत्ता लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?