+

भलभर्डेको इन्जुरी टाइम गोलमा रियल मड्रिड विजयी

२०८२ वैशाख  ८ गते ७:३२ २०८२ वैशाख ८ गते ७:३२
भलभर्डेको इन्जुरी टाइम गोलमा रियल मड्रिड विजयी

८ वैशाख, काठमाडौं । फेडरिको भलभर्डेले इन्जुरी टाइममा गरेको गोलमा रियल मड्रिडले स्पानिस ला लिगामा एथ्लेटिको विल्वाओलाई १-० ले पराजित गरेको छ ।

घरेलु मैदान सान्टियागो बर्नावेउमा भएको खेलमा भलभर्डेले इन्जुरी टाइमको तेस्रो मिनेटमा हाफ भलीमार्फत गोल गरेका थिए ।

यस सिजन लिगमा उनको यो छैटौं गोल हो भने डिसेम्बरपछि पहिलो गोल हो ।

त्यसअघि भिनिसियस जुनियरे ११औं मिनेटमा गोल गरेपनि भिएआरले मान्यता दिएन ।

अलाभेज विरुद्धको खेलमा रातो कार्ड पाएका रियलका फरवार्ड केलिएन एमबाप्पे एक खेलको निलम्बनका लागि विल्वाओ विरुद्ध मैदान उत्रन पाएनन् ।

जितपछि रियलले ३२ खेलबाट ६९ अंक जोड्दै शीर्ष स्थानको बार्सिलोनासँग अंकदूरी ४ मा झारेको छ । समान खेलबाट बार्सिलोनाको ७३ अंक छ ।

रियल मड्रिड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय