+
+
Shares

वैदेशिक रोजगारमा रहेकालाई ट्रेड टावरको आईपीओ खुल्यो, कस्तो छ कम्पनी ?

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ८ गते ८:३६

८ वैशाख, काठमाडौं । वैदेशिक रोजगारमा रहेकालाई आज सोमबारदेखि ट्रेड टावरको आईपीओमा आवेदन खुलेको छ ।

कम्पनीले ३ लाख ९७ हजार १६९ कित्ता सेयर वैदेशिक रोजगरमा रहेका नेपालीका लागि खुला गरेको हो । अंकित मूल्य १ सय रुपैयाँका दरले अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिने बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटलले जनाएको छ ।

वैशाख २२ गतेसम्म खुल्ने आवेदनमा न्यूनतम १० कित्ताका लागि दिनुपर्नेछ । कम्पनीले कुल ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निष्कासन गर्नेछ । यो कम्पनी अन्य समूहमा सूचीकृत हुनेछ ।

कस्तो छ कम्पनी ?

गत पुस मसान्तसम्म कम्पनीको सञ्चित नाफा ५ करोड ६० लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ । त्यस्तै सो अवधिसम्म प्रतिसेयर आम्दानी १ रुपैयाँ ८८ पैसा तथा प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ ३९ पैसा छ । डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ७.८२ वर्षको अनुमान छ ।

इक्रा नेपालबाट कम्पनीले बीबी माइनर रेटिङ पाइको छ । यसले कम्पनी दायित्व वहनका लागि मध्यमस्तरमा रहेको जनाउँछ ।

यस कम्पनीले हाउजिङसम्बन्धी प्रोजेक्ट सञ्चालन गर्दै आएको छ । सुरुमा कञ्जनजंघा हाउजिङ लिमिटेडका नाममा स्थापना भएकोमा हाल ट्रेड टावरका नाममा सञ्चालन हुन थालेको हो ।

काठमाडौंको थापाथलीमा व्यावसायिक भवन ‘ट्रेड टावर’ यसले सञ्चालन गर्दै आएको छ । नेपाल खाद्य संस्थानको जग्गा ३२ वर्षका लागि भाडामा लिएर कम्पनीले सो भवन निर्माण गरेको हो । सो भवनबाट उठ्ने भाडा कम्पनीको आम्दानी स्रोत हो । भवन सञ्चालनको १२ वर्ष बितिसकेको छ ।

त्यस्तै भैंसेपाटीमा जनता आवास आयोजना सम्पन्न गरी बिक्री गरिसकेको छ । कम्पनीले गौशालामा क्रिस्टल होटल निर्माण गरी सञ्चालन गर्दै आएको छ । ९० वटा लक्जरियस रुम रहेको होटलबाट हुने कमाइ यस कम्पनीको आम्दानी स्रोत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?