+
+
Shares

राज्य व्यवस्था समितिलाई ट्रेड युनियनको निरन्तर दबाब

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ८ गते ११:५६

८ वैशाख, काठमाडौं । कर्मचारी ट्रेड युनियनले राज्य व्यवस्था समितिलाई निरन्तर दबाब दिएको छ ।

आज सिंहदरबारस्थित समितिको बैठक बस्नुअघि संयुक्त ट्रेड युनियनमार्फत निजामती कर्मचारीले सभाकक्षा बाहिर धर्ना दिएका थिए ।

यसअघि पनि समितिको बैठक बस्ने दिन युनियनका नेताहरूले सभाकक्ष बाहिर उपस्तिथित भएर दबाब दिएका थिए ।

उनीहरुले विरोधका कार्यक्रमअन्तर्गत यही वैशाख १० गते बुधबार आन्दोलन परिचालन समिति घोषणा गर्ने र १२ गते शुक्रबार संसद सचिवालय अगाडि भेला आयोजना गर्ने निर्णय गरेका छन् ।

कर्मचारी संगठनहरुले यसअघि भएका सहमति, सम्झौता र अदालतले दिएको आदेशलाई समेत समेटेर तत्काल संघीय निजामती ऐन जारी गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?