
८ वैशाख, काठमाडौं । कालीमाटी बजारमा साग अहिले ६ प्रकारका साग किन्न पाइन्छ । यी सागमा रायो साग, पालुंगो साग, चम्सुर साग, मेथी साग, तोरीको साग र जिरीको साग रहेका छन् ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक केलाउँदा यी सागको मूल्य आज स्थिर छ । कालिमाटी तरकारी बजारमा सोमबार रायो साग प्रतिकिलो ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै पालुंगो साग प्रतिकिलो ७०, चम्सुर साग ८५, तोरीको साग २६, मेथीको साग ७५ र जिरीको साग ६० रुपैयाँमा किनबेच भइरहेको छ । यी साग हिजो आइतबार पनि सोही मूल्यमा किनबेच भएको थियो ।
सागको मुख्य सिजन पुस–माघ हो । अहिले अफ सिजन भएकाले साग महँगो मूल्यमा किनबेच भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4