+
+
Shares

निजामती ऐन बनाउन संविधानको भन्दा धेरै समय लाग्यो : हृदयराम थानी

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ८ गते १२:३२

८ वैशाख, काठमाडौं । नेपाली काङ्ग्रेसका सांसद हृदयराम थानीले निजामती ऐन बनाउन धेरै समय लागेको भन्दै संसदीय समितिको ध्यानाकर्षण गराएका छन् ।

सोमबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा थानीले संविधान बनाउनभन्दा धेरै समय लागेको बताउँदै ध्यानाकर्षण गराएका हुन् । ‘संविधान बनाउनभन्दा बढी समय निजामती एन बनाउन लाग्यो । यो ठLक भइरहेको छैन’, सांसद थानीले भने ।

संघीय निजामती सेवासम्बन्धी विधेयक २१ फागुन २०८० देखि संसदमा विचाराधीन छ ।

प्रतिनिधि सभाले सैद्धान्तिक छलफल सकाएर दफावार छलफलका लागि १५ जेठ २०८१ मा प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा पठाएको थियो । राज्य व्यवस्था समितिमा अड्किएको पनि एक वर्ष पुग्न लागेको छ ।

अब भने विधेयक धेरै समयसम्म समितिमा राख्न नहुने थानीले बताए । कुलिङ पिरियडसहित मिल्न बाँकी विषयहरूमाथि समितिमा छलफल जारी छ । थानीले आफू कुलिङ पिरियड दुई वर्ष राख्नुपर्ने उनले राय दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?