८ वैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला फुटबल टोलीका लागि प्रो लाईसेन्स प्राप्त मुख्य प्रशिक्षक नियुक्तिको प्रक्रिया सुरु गरेको छ । एन्फाले पहिलोपटक महिला टिमका लागि प्रो लाइसेन्स भएको प्रशिक्षक नियुक्त गर्ने भएको हो ।
एन्फाले सोमबार सूचना जारी गर्दै महिला फुटबल टिमको प्रशिक्षकको आवेदन खुला गरेको हो। यसपटक महिला टिममा एन्फाले प्रो लाईसेन्स भएको प्रशिक्षक राख्न लागेको हो ।
त्यसका लागि सिनियर महिला टोली सम्हालेको वा युथ राष्ट्रिय टिम सम्हालिसकेको हुनुपर्ने एन्फाले जनाएको छ। यस्तै कम्तिमा दुई वर्षको अनुभव भएको र ट्याक रेकर्ड पनि राम्रो भएको हुनुपर्ने जनाएको छ।
यसैगरी एन्फाले महिला टिमबा लागि पर्फमेन्स एनलाइसिसको आवेदन पनि खुला गरेको छ । एन्फाले यसमा फिटनेस कोर्सको प्रमाणपत्र हुनुपर्ने र लेभल वानको डाटा एनलाइसिस गरेको अनुभव हुनुपर्ने जनाएको छ भने कम्तिमा एक वर्षको अनुभव अनिवार्य हुनुपर्नेछ।
प्रतिक्रिया 4