+
+
Shares

रावणको भूमिकामा ‘रामायण’ छायांकन गर्दै यश, लुक्स यस्तो

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ८ गते १३:२१

काठमाडौं । नितेश तिवारी निर्देशित ‘रामायण’ प्रतीक्षित भारतीय फिल्ममध्ये एक हो । निर्माता नमित मलहोत्राले एउटै फिल्ममा रणवीर कपुर, सन्नी देओल र साई पल्लवीलाई कास्टिङ गरेदेखि नै फिल्म चर्चामा छ ।

यो फिल्मलाई लिएर नयाँ खबर छ । निर्माता मलहोत्रासँग संयुक्त लगानीमा फिल्म निर्माण गर्न लागेका सुपरस्टार यशले यो फिल्मको छायांकन यसैसातादेखि सुरु गर्दैछन् । केही दिनपछि मुम्बईमा हुने छायांकनमा यशले रावणको भूमिका निर्वाह गर्नेछन् ।

स्रोतले भन्यो, ‘टक्सिकको प्रमुख छायांकन तालिका पूरा गरेपछि, यश मुम्बईमा नितेश तिवारी निर्देशित फिल्मको सेटमा सर्ने तयारीमा छन् । उनले उज्जैनको श्री महाकालेश्वर मन्दिरको दर्शन गरेर रामायणमा आफ्नो यात्रा सुरु गर्नेछन् । यो भ्रमणले रकिङ स्टारको राम्रो बानीलाई दर्शाउँछ जसले हरेक नयाँ फिल्मअघि मन्दिरको भ्रमणबाट सुरु गर्छन् ।’

‘रामायण’को छायांकनअघि उज्जैन मन्दिरमा पूजाआजा गर्दै यश ।

‘रामायण एक प्राविधिकरुपमा महत्वपूर्ण फिल्म हो । निर्माताले पहिलो सेड्युलमा यशसँग केही रोचक दृश्यलाई छायांकन गर्न खोजिरहेका छन् । उनले अप्रिलको अन्त्यबाट लगभग एक महिनासम्म आफ्नो भागको छायांकन गर्नेछन्, र त्यसपछि फेरि टक्सिकमा जानेछन्’ स्रोतले भन्यो ।

निर्माताका अनुसार ‘रामायण’ दुई भागको भव्य फिल्म हो । यो क्रमशः २०२६ को तिहार र २०२७ को तिहारमा रिलिज हुने तयारी छ । यो फिल्मको शीर्ष भूमिकामा रणवीरले राम र यशले रावणको भूमिका निर्वाह गर्दैछन् । सन्नी देओलले हनुमान पात्रको रोलमा देखिनेछन् ।

‘केजीएफ’ र ‘केजीएफ २’को ऐतिहासिक सफलतापछि यशले सन् २०२६ मा बक्सअफिसमा दुई फिल्ममार्फत छाप छाड्ने प्रयास गर्नेछन् । मार्चमा ‘टक्सिक’ र अक्टोबरमा ‘रामायण’ प्रदर्शन हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?