+
+
Shares

एन्टिबायोटिक औषधिको असर घट्दा वर्षेनि ३० लाख बालबालिकाको मृत्यु

बाल स्वास्थ्यका दुई प्रमुख विज्ञहरूले २०२२ मा गरेको एक अध्ययनपछि यस्तो बताएका हुन् । यो खतरा अफ्रिका र दक्षिण–पूर्वी एसियाका बालबालिकामा सबैभन्दा बढी देखिएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ८ गते १४:१९

८ वैशाख, काठमाडौं । विश्वभर एक वर्षमा ३० लाखभन्दा बढी बालबालिकाको मृत्यु जिवाणुहरूमा एन्टिबायोटिक औषधिहरूको प्रतिरोधी क्षमता विकास भएका कारण भएको आशंका गरिएको छ ।

बाल स्वास्थ्यका दुई प्रमुख विज्ञहरूले २०२२ मा गरेको एक अध्ययनपछि यस्तो बताएका हुन् । यो खतरा अफ्रिका र दक्षिण–पूर्वी एसियाका बालबालिकामा सबैभन्दा बढी देखिएको छ।

यस अवस्थालाई एन्टिमाइक्रोबियल रेसिस्टेन्स (AMR) अर्थात् रोगाणुरोधी प्रतिरोध भनिन्छ ।

AMR तब विकसित हुन्छ जब संक्रमण फैलाउने जिवाणुरू यति शक्तिशाली हुन्छन् कि एन्टिबायोटिक औषधिहरूले समेत उनीहरुमाथि असर गर्न छाड्छन् ।

यसलाई विश्व सामू एक ठूलो ’स्वास्थ्य संकट’को रूपमा लिइएको  छ ।

यस नयाँ अध्ययनले एएमआरले बालबालिकामा कसरी नकारात्मक असर पारिरहेको छ भन्ने कुरा उजागर गरेको छ ।

अध्ययनका लागि विश्व स्वास्थ्य संगठन र विश्व बैंकसहितका विभिन्न संस्थाहरूबाट तथ्याङ्क संकलन गरिएको थियो । अनुसन्धानकर्ताहरूको अनुमान छ कि सन् २०२२ मा तीस लाखभन्दा बढी बालबालिकाको मृत्यु औषधिप्रति विकास भएको प्रतिरोधक क्षमतासँग सम्बन्धित थियो ।

विशेषज्ञहरू भन्छन् कि यो अध्ययनले केवल तीन वर्षभित्रै बालबालिकामा एएमआर–सम्बन्धी संक्रमणहरूमा दस गुणाभन्दा बढी वृद्धि भएको देखाउँछ ।

कोभिड महामारीका कारण यो संख्या अझ भयावह हुन सक्ने सम्भावना छ ।

एन्टिबायोटिक औषधिहरूको बढ्दो प्रयोग

एन्टिबायोटिकहरू छालाको संक्रमणदेखि लिएर निमोनिया सम्मका विभिन्न प्रकारका जीवाणुजन्य संक्रमणहरूको उपचार वा रोकथामका लागि प्रयोग गरिन्छ ।

कहिलेकाहीं यसको प्रयोग उपचारको सट्टा रोकथामका लागि पनि गरिन्छ। जस्तै, यदि कसैको शल्यक्रिया (अपरेसन) हुँदैछ वा क्यान्सरका लागि कीमोथेरापी उपचार लिइरहेका छन् भने ।

तर, सामान्य रुघा–खोकी, फ्लू वा कोभिडजस्ता रोगहरू तथा अन्य भाइरल संक्रमणहरूमा एन्टिबायोटिकले कुनै असर गर्दैन ।

केही जीवाणुहरूले अहिले केही औषधिहरूप्रति प्रतिरोधक क्षमता विकास गरिसकेका छन्। यसको प्रमुख कारण चाहिं एन्टिबायोटिक औषधिहरूको अनुचित प्रयोगलाई लिइएको छ ।

सन् २०१९ र २०२१ को बीचमा ‘वाच एन्टिबायोटिक्स’ (उच्च प्रतिरोधको जोखिम भएका औषधिहरू) को प्रयोग दक्षिण–पूर्वी एसियामा १६० प्रतिशत र अफ्रिकामा १२६ प्रतिशतले बढेको छ ।

नयाँ एन्टिबायोटिक औषधिको उत्पादन लामो र महँगो प्रक्रिया हो, र यो क्रम अहिले सुस्त भएको छ ।

रिपोर्टका प्रमुख लेखक, अस्ट्रेलियाको मर्डोक चिल्ड्रेन्स रिसर्च इन्स्टिच्युटका डाक्टर यानहोंग जेसिका हू र क्लिन्टन हेल्थ एक्सेस इनिसिएटिभका प्राध्यापक हर्ब हार्वेल एन्टिबायोटिक प्रयोगमा भएको तीव्र वृद्धिको संकेत गर्छन् ।

सन् २०१९ र २०२१ को बीचमा ‘वाच एन्टिबायोटिक्स’ (उच्च प्रतिरोधको जोखिम भएका औषधिहरू) को प्रयोग दक्षिण–पूर्वी एसियामा १६० प्रतिशत र अफ्रिकामा १२६ प्रतिशतले बढेको छ ।

यही अवधिमा ‘रिजर्भ एन्टिबायोटिक्स’ को प्रयोग दक्षिण–पूर्वी एसियामा ४५ प्रतिशत र अफ्रिकामा १२५ प्रतिशतले वृद्धि भएको छ ।

यस प्रकारका एन्टिबायोटिकहरू गम्भीर प्रतिरोधी संक्रमणहरूका लागि प्रयोग गरिन्छ ।

घट्दो विकल्पहरू

शोधकर्ताहरूले चेतावनी दिएका छन् कि यदि जीवाणुले यी एन्टिबायोटिक औषधिहरू विरुद्ध प्रतिरोधक क्षमता विकास गर्नेहो भने, बहु–औषधि प्रतिरोधी संक्रमणहरूको उपचारका लागि अत्यन्तै कम वा लगभग कुनै पनि विकल्प बाँकी रहने छैन ।

प्राध्यापक हार्वेल अप्रिल अन्त्यमा भियनामा हुने यूरोपियन सोसायटी अफ क्लिनिकल माइक्रोबायोलोजी एण्ड इन्फेक्शियस डिजीज कंग्रेसमा आफ्नो निष्कर्ष प्रस्तुत गर्ने छन्।

दवा तलाशती एक लड़की

कार्यक्रमको पूर्वसन्ध्यामा उनले भनेका छन् ‘एएमआर एक वैश्विक समस्या हो । यसले सबैलाई प्रभावित गर्छ । हामीले यो काम विशेषगरी यस कुरामा ध्यान केन्द्रित गर्नका लागि गरेको हो कि एएमआरले बालबालिकामा कस्तो असर पार्छ। हाम्रो अनुमान छ कि विश्वभर रोगाणुरोधी प्रतिरोधका कारण वर्षेनी तीस लाख बालबालिकाको मृत्यु भएको छ ।’

के एएमआरको कुनै समाधान छ ?

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले एएमआरलाई सबैभन्दा गम्भीर वैश्विक स्वास्थ्य संकटहरू मध्ये एकको रूपमा वर्णन गरेको छ, तर प्राध्यापक हार्वेलले चेतावनी दिएका छन् कि यसको कुनै सहज समाधान छैन ।

उनका अनुसार यो एक बहुआयामी समस्या हो जुन चिकित्सा क्षेत्रका सबै पहलुहरू र साँच्चिकै मानव जीवनमा फैलिएको छ। एन्टिबायोटिकहरू हाम्रो चारैतिर छन्। यी हाम्रो खाद्य र वातावरणमा भित्रिईरहेका छन्, त्यसैले यसको समाधान निकाल्नु सजिलो छैन ।

त्यसैले प्रतिरोधी संक्रमणबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको संक्रमणबाट पूर्ण रूपमा बच्नु हो। यसको लागि सफा पानी, सरसफाई, र उच्च स्तरको टीकाकरण अनिवार्य रहने उनको भनाई छ ।

‘भविष्यमा एन्टिबायोटिकको प्रयोग झनै बढ्नेछ किनभने बढी मानिसलाई यसको आवश्यकता पर्न सक्छ । तर यो सुनिश्चित गर्नु आवश्यक हुन्छ कि यी औषधिहरूको उपयुक्त प्रयोग होस् र सही औषधिको प्रयोग गरियोस् ।’

उनका अनुसार भविष्यमा एन्टिबायोटिकको प्रयोग झनै बढ्नेछ किनभने बढी मानिसलाई यसको आवश्यकता पर्न सक्छ । तर यो सुनिश्चित गर्नु आवश्यक हुन्छ कि यी औषधिहरूको उपयुक्त प्रयोग होस् र सही औषधिको प्रयोग गरियोस् ।

किंग्स कलेज लन्डनका सुक्ष्म जिवविज्ञानका प्राध्यापक डा. लिंडसे एडवड्र्सका अनुसार नयाँ अध्ययनले अघिल्लो तथ्यांकको तुलनामा महत्त्वपूर्ण र चिन्ताजनक वृद्धि देखाएको छ ।

उनले भनिन्, ‘यी निष्कर्षहरू स्वास्थ्य क्षेत्रमा काम गर्ने व्यक्तिहरूका लागि चेतावनी हुन्। यसमा निर्णायक कदम बिना एएमआरले बाल स्वास्थ्यमा भएका दशकौँ देखिका प्रगति कमजोर पार्न सक्छ। संसारका सबैभन्दा कमजोर क्षेत्रहरूमा यसले ठूलो क्षति पुर्‍याउन सक्छ ।’ बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?