+

गल्तीबिना धिरेन्द्रमाथि अत्याचार भयो : सरस्वती क्लब

२०८२ वैशाख  ८ गते १५:२३ २०८२ वैशाख ८ गते १५:२३
गल्तीबिना धिरेन्द्रमाथि अत्याचार भयो : सरस्वती क्लब

८ वैशाख, काठमाडौं । सहिद स्मारक बी डिभिजन लिग खेलिरहेको सरस्वती क्लबले खेलाडी धिरेन्द्र बहादुर शाहमाथि बिना गल्ती कारवाही गरिएको आरोप लगाएको छ । सरस्वती क्लबले सोमबार पत्रकार सम्मेलन गर्दै धिरेन्द्रमाथि अत्याचार भएको बताएको छ ।

लगातार दुई खेल खेल्दै गोल गरिसकेको अवस्थामा पुरानो क्लबको मृत सम्झाैतालाई आधार बनाएर नयाँ बस्ती क्लबले सरस्वतीबाट खेलेका धिरेन्द्रविरुद्ध प्रोटेस्ट हालेको थियो ।

एन्फा त्यसैलाई आधार मानेर धिरेन्द्रलाई आगामी खेल खेल्न निलम्बन गरिएको थियो । जसले गर्दा खेलाडीको मानसिक रुपमा नै असर परेको क्लबका अध्यक्ष उत्तम राम भण्डारीले बताएका छन् ।

बिना गल्ती अन्याय भईरहेको र खेलाडीले खेल्ने अवसर नपाएपछि हामी यहाँ आउन बाध्य भएका छाैं’ क्लबका अध्यक्ष उत्तम राज भण्डारीले बताए ।

सरस्वती क्लब

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय