+
+
Shares

रुपन्देहीको दानव नदीमा ३ बालक बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ८ गते १५:५३

८ वैशाख, काठमाडौं । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा ३ जना बालक बेपत्ता भएका छन् । सोमबार दिउँसो पौडी खेल्ने क्रममा उनीहरू बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेहरूमा सोही ठाउँ बस्ने १३ वर्षीय उमेश यादव, १४ वर्षीय राज यादव र १२ वर्षीय मुनु हरिजन छन् ।

बेपत्ता बालकहरूको खोजीकार्यका लागि सशस्त्र प्रहरी खटिएको छ ।

उनीहरू सो नदीमा पौडी खेल्ने क्रममा आज दिउँसो करिब साढे १२ बजे बेपत्ता भएको बताइएको छ ।

बेपत्ता भएको थाहा पाउनासाथ पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बयरघाटबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा विपद् व्यवस्थातालिम प्राप्त सुरक्षा फौज खटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?