
८ वैशाख, काठमाडौं। ‘नेपाल सरकारको उपसचिव हुँ’ भन्दै विभिन्न व्यक्तिसँग गरी ७ लाख बढी रकम ठगी गरेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दैलेखको घर भई हाल ललितपुर-२५ बस्ने ४० वर्षीया जानकी न्यौपाने रहेकी छिन् ।
उनलाई प्रहरीले त्रिपुरेश्वरबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय एसपी अंगुर जिसीले बताए ।
एसपी जिसीका अनुसार उनले विभिन्न व्यक्तिलाई फरक-फरक परिचय दिँदै आफू कानुन मन्त्रालयको उपसचिव भएको र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत रहेको बताउँदै विभिन्न शीर्षकमा ठेक्का मिलाइदिएबापत ७ लाख ६० हजार ८ सय रुपैयाँ ठगी गरेको हो ।
पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4