+
+
Shares

रुपन्देहीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अनुगमन

अनुगमन क्रममा मन्त्री अधिकारीले परियोजना मार्फत सञ्चालित कार्यक्रमको प्रभावकारिता अझै बढाउनुपर्ने बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ८ गते १९:३६

८ वैशाख, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’ अन्तर्गत रुपन्देही जिल्लामा रहेका विभिन्न परियोजना अनुगमन तथा निरीक्षण गरेका छन् ।

अनुगमन क्रममा मन्त्री अधिकारीले परियोजना मार्फत सञ्चालित कार्यक्रमको प्रभावकारिता अझै बढाउनुपर्ने बताए ।

परियोजनाका सन्दर्भमा विभिन्न टिकाटिप्पणी आए पनि फिल्डमा आएर हेर्दा युवालाई कृषि उद्यममा लाग्ने वातावरण परियोजनाले बनाएको पाइएको उनको भनाइ छ ।

यान्त्रीकरण सहित आधुनिक कृषि आजको आवश्यकता भएकाले यस परियोजनालाई त्यसतर्फ केन्द्रित गरिने मन्त्री अधिकारीले बताए ।

‘सरकारले गर्ने लगानी आमनागरिककै पैसा हो । यसको सही सदुपयोग गर्दै प्रतिफल लिन पनि किसान तथा उद्यमी अगाडि सर्नुपर्छ,’ उनले भने ।

उनले रुपन्देहीको सियारी गाउँपालिकामा सञ्चालित परियोजना कार्यन्वयन एकाइको माछा सुपरजोन कार्यक्रम अन्तर्गत ८५ प्रतिशत अनुदान मार्फत सञ्चालित माछा प्रशोधन केन्द्र निरीक्षण समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?