+
+
Shares

भक्तपुरबाट स्कुटर चोरी गरेको आरोपमा तीन जना पक्राउ

भक्तपुरका विभिन्न स्थानबाट स्कुटर चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ८ गते १८:५०

८ वैशाख, काठमाडौं । भक्तपुरका विभिन्न स्थानबाट स्कुटर चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरीको धरान घर भएका भक्तपुरको थिमि बस्ने ३२ वर्षीय साजन तामाङ, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-१ घर भएका भक्तपुरको बोडे बस्ने २६ वर्षीय दावा शेर्पा र भक्तपुरको मध्यपुर थिमि नगरपालिका-६ बस्ने २७ वर्षीय रोजन थापा रहेका छन् ।

बागमती प्रदेश ०२-०३७ प २४०७ नम्बरको स्कुटरको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०४०प ०५२४ नम्बर राखी कागेश्वरी नगरपालिका -७ मा चलाइरहेको अवस्थामा साजनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार उक्त स्कुटर सलिना कार्कीको रहेको खुलेको छ ।

सोधपुछको क्रममा सो स्कुटर दावासँग मिलेर बिक्री गर्ने योजनाबारे साजनले खुलाएका थिए । दावालाई पनि  नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उक्त स्कुटर रोजनबाट लिएको बताएका थिए । सोही आधारमा रोजनसँग सोधपुछ गर्दा सो स्कुटर भक्तपुरको नलिनचोकका २७ वर्षीय सुजन गुरुङले दिएको भन्ने खुल्न आएपछि बा६६प८७८५ नम्बरको स्कुटर पनि बरामद भएको प्रहरीले जनाएको छ ।

सो स्कुटर काठमाडौंको सानोगौचरणबाट हराएका भन्दै विकास लामाले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।

साजन गुरुङ भने हाल फरार रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीन जनामाथि भने आवश्यक छानबिन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?