+

टोटनहमलाई हराउँदै नटिङहम फरेस्ट तेस्रो स्थानमा

२०८२ वैशाख  ९ गते १०:५२ २०८२ वैशाख ९ गते १०:५२
टोटनहमलाई हराउँदै नटिङहम फरेस्ट तेस्रो स्थानमा

९ बैशाख, काठमाडौं । प्रिमियर लिगमा सोमबार राती भएको खेलमा नटिङहम फरेस्टले टोटनहमलाई २-१ ले पराजित गरेको छ ।

यो जितपछि फरेस्ट फेरि अंकतालिकामा तेस्रो स्थानमा उक्लेको छ र शीर्ष चारमा रहने सम्भावना पनि बलियो बनाएको छ ।

फरेस्टको ३० खेलबाट ६० अंक भएको छ । दोस्रो स्थानको आर्सनलको समान खेलबाट ६६ अंक छ ।

फरेस्ट भन्दा पछि रहेका न्युकासल युनाइटेडको ५९ र म्यानचेष्टर सिटीको ५८ अंक छ ।

एलिओट एण्डरसनले पाँचौ मिनेटमै गोल गर्दे फरेस्टलाई अग्रता दिलाएका थिए । क्रिस उडले १६औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पार  ।

उडले दशौँ मिनेटमा गोल गरेपनि भिएआरले मान्यता दिएन ।

टोटनहमका लागि रिचार्लिसनले ८७औं मिनेटमा एक गोल फर्काए ।

 

नटिङहम फरेस्ट प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय