+

क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाल आउँदै

२०८२ वैशाख  ९ गते ११:२४ २०८२ वैशाख ९ गते ११:२४
क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाल आउँदै

९ वैशाख, काठमाडौं । नेपाली क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक स्टुअर्ट ल आगामी शुक्रबार नेपाल आइपुग्ने भएका छन् । नेपाल क्रिकेट संघले उनी यही अप्रिल २५ अर्थात् शुक्रबार नेपाल आइपुग्ने जनाएको हो ।

गत चैत १५ गते टोलीको मुख्य नियुक्त भएका उनी नियुक्त भएको करिब एक महिनापछि नेपाल आउन लागेका हुन् । यसबीचमा हङकङमा भएको चारदेशीय टी-२०आई शृंखलामा पूर्वक्रिकेटर ज्ञानेन्द्र मल्ल प्रशिक्षक तोकिएका थिए ।

५६ वर्षीय लको पदावधी अप्रिलदेखि दुई वर्षको लागि हुनेछ । गत जनवरीमा यसअघिका प्रशिक्षक मोन्टी देशाईसँगको सम्झौता सकिएको र नवीकरण समेत नभएको अवस्थामा रिक्त रहेको पदमा आवेदनपश्चात् विभिन्न प्रक्रियाहरू पूरा गर्दै स्टुअर्टको इन्ट्री भएको हो ।

अनुभवी प्रशिक्षक लले श्रीलंका, बंगलादेश, वेष्ट इन्डिज, अफगानिस्तान र अमेरिकाको मुख्य प्रशिक्षक भएर काम गरिसकेका छन् । उनी सन् १९९६ को विश्वकपमा अष्ट्रेलिया उपविजेता हुँदा त्यसको सदस्य थिए ।

नेपाली क्रिकेट टोलीमा प्रशिक्षण गर्ने उनी दोस्रो अस्ट्रेलियन हुनेछन् । यसअघि सन् २०२१ मा डेभ वाटमोर नेपाली टोलीको प्रशिक्षक नियुक्त भएका थिए ।

नेपाली क्रिकेट टिम स्टुअर्ट ल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय