
९ वैशाख, धनगढी । कञ्चनपुरको बेलौरी नगरपालिका–१० को घटियाघाटमा जलेको अवस्थामा भेटिएको शवको पहिचान भएको छ ।
मंगलबार बिहान जलेको अवस्थामा फेला परेको शव बेल्डाँडी गाउँपालिका–३ का ५० वर्षीय हरिकिसन रानाको रहेको कञ्चनपुरका एसपी चक्रराज जोशीले जानकारी दिए । उनका अनुसार राना मंगलबार बिहान साढे ४ बजे कोलकाता जाने भन्दै मोटरसाइकलमा घरबाट हिंडेको पाइएको छ ।
राना बिहान जलेको अवस्थामा फेला परेका थिए भने मोटरसाइकल नजिकै जलिरहेको थियो । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जोशी स्वयंम घटनास्थल पुगेका छन् ।
नेपाल प्रहरीको धनगढीमा रहेको कुकुर शाखाबाट अनुसन्धानका लागि तालिम प्राप्त कुकुर लगिएको छ ।
एसपी जोशीले थप अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको समेत प्राविधिक सहयोग मागिने बताए ।
प्रतिक्रिया 4