
९ वैशाख, काठमाडौं । नेपाल प्रहरीको डीएसपी भन्दै रेस्टुरेन्टमा खाएको बिल नतिर्ने एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाग्लुङको बाग्लुङ नगरपालिका–४ कुडुलफेदीका ३२ वर्षीय चन्द्रकान्त पौडेल छन् । उनले आफूलाई डीएसपी भन्दै धम्क्याउँदै आएका थिए ।
उनी प्रहरी नभई सर्वसाधारण व्यक्ति रहेको पाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वसन्त शर्माले बताए ।
पोखरा महानगरपालिका–८ सृजनाचोकमा रहेको ढावा रेस्टुरेन्ट एण्ड बारमा खानेकुरा खाएपछि उनले डीएसपी भन्दै ८ वैशाखको राति १० बजेतिर धम्क्याएको प्रहरीको भनाइ छ ।
अभद्र व्यवहार गर्दै रकम नतिरी धम्क्याउन थालेपछि प्रहरीलाई खबर गरिएको थियो । त्यसपछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4