+
+
Shares

घट्यो अमलाको मूल्य

सोमबार १ सय १० रुपैयाँमा किनबेच भएको अमला आज भने किलोको ९८ रुपैयाँमा झरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ९ गते १२:३१

९ वैशाख, काठमाडौं । बजारमा अमलाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबार सार्वजनिक गरेको मूल्यसूची अनुसार अमलाको मूल्य घटेको देखिएको हो ।

आज मंगलबार अमलाको मूल्य थोकमा प्रतिकलो १२ रुपैयाँ घटेको छ । हिजो सोमबार १ सय १० रुपैयाँमा किनबेच भएको अमला आज भने किलोको ९८ रुपैयाँमा झरेको छ ।

अमिलो स्वादयुक्त अमलाको उपभोग प्रत्येक मौसमका लागि लाभदायक मानिन्छ । तर, यो जाडो मौसममा धेरै प्रयोग गरिन्छ । अमलामा सबै फलफूलहरूमा भन्दा धेरै भिटामिन सी पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?