
९ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकै सहयोग नपाएपछि शिक्षा मन्त्रीबाट राजीनामा गरेकी विद्या भट्टराईबारे एमाले वृत्तमा अनेक टिप्पणी भइरहेको छ ।
ठूलै पंक्तिले ओलीलाई अप्ठ्यारोमा पार्नेगरी भट्टराईले मन्त्री पद छोडेको बताइरहेका छन् । एउटा पंक्तिले भने भट्टराईको प्रशंसा गरिरहेकी छन् ।
केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले भट्टराईलाई मन्त्रीका रुपमा काम गर्न असहयोग गरिएकोप्रति असन्तुष्टि जनाएकी छन् । तर राजीनामा प्रकरणले विद्या भट्टराईको नैतिक धरातल उचो बनाएको शााक्यले टिप्पणी गरेकी छन् ।
एमाले केन्द्रीय सदस्य एवं युवा नेता रचना खड्काले पनि विद्या भट्टराईको कदमप्रति प्रशंसा गरेकी छन् । उनले सामाजिक सञ्जाल मार्फत् भट्टराई योग्य र मान्दार भएको उल्लेख गरेकी छन् । ‘योग्य वा इमान्दार मात्र हुन जति सजिलो छ । योग्य र इमान्दार दुबै हुन कयौं गुणा कठनि छ । तपाई योग्य र इमान्दार दुबै हो, दिदी’, खड्काले लेखेकी छन् ।
प्रतिक्रिया 4