
९ वैशाख, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय काठमाडौं अगाडि ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई फूल उपहार दिएका छन् ।
मंगलबार धर्नामा बस्न आएका राप्रपाका कार्यकर्ताहरूले ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई पालैपालो फूल उपहार दिएका हुन् ।
राजतन्त्र पुनर्स्थापनाको माग गर्दै राप्रपाले केही दिनयता काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएको छ ।
यसअघि तीनकुने घटनाको छानबिनलगायतका माग गर्दै आइतबार सिंहदरबारभित्रै प्रदर्शन गर्दा प्रहरीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरूलाई पक्राउ गरेको थियो ।
हेर्नुहोस् तस्वीरहरू :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4