+
+
Shares

रविको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमाथि संयुक्त इजलासमा सुनुवाइ हुने

सर्वोच्चका न्यायाधीश अब्दुल अजिज मुसलमानको मंगलबारको एकल इजलासले प्रारम्भिक सुनुवाई पछि उक्त रिट संयुक्त इजलासमा पठाउने आदेश गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ९ गते १४:०७

९ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट सर्वोच्चको संयुक्त इजलासमा सुनुवाइ हुने भएको छ ।

सर्वोच्चका न्यायाधीश अब्दुल अजिज मुसलमानको मंगलबारको एकल इजलासले प्रारम्भिक सुनुवाई पछि उक्त रिट संयुक्त इजलासमा पठाउने आदेश गरेको हो ।

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा गत २२ चैतमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रवि लामिछानेलाई थुनामा राखी पुर्पक्ष गर्नु भन्ने आदेश गरेको थियो । त्यसयता रवि भैरहवा कारागारमा छन् ।

सोही आदेश खारेजको माग गर्दै उनकी पत्नी निकिता पौडेलले आइतबार रविलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबीसहित सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट हालेकी थिइन् ।

त्यसअघि गत १३ माघमा रुपन्देही जिल्ला अदालतले रविलाई एक करोड रुपैयाँ धरौटी लिई पुर्पक्ष गर्न दिनू भन्ने आदेश दिएको थियो । त्यसविरुद्ध सरकारी वकिलको कार्यायल र रवि लामिछाने पक्ष उच्च अदालत गएका थिए । रवि पक्षले साधारण तारेखको माग गरेको थियो भने सरकारी वकिलको कार्यालयले थुनामा पठाउन माग गरेको थियो ।

रविले पनि २२ चैतमा थुनामा पठाउने उच्चको आदेशविरुद्ध सर्वाेच्चमा निवेदन दिएका छन् । उनको निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले उच्च अदालत बुटवल र भैरहवा जिल्ला अदालतबाट भएको आदेशको डिजिटल कैफियत प्रतिवेदन पठाउन आदेश गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?