
९ वैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको पोखरा महानगरपालिकाका एक जना शाखा अधिकृतविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
पोखरा महानगरको उजुरी फछर्यौट तथा समन्वय शाखामा कार्यरत अधिकृत (सातौं तह) कपिल गिरीविरुद्ध मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।
अख्तियारबाट आएको उजुरी पत्रबारेको प्रमाण मेटाइदिने भन्दै सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा गिरीलाई नियन्त्रणमा लिएर अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानको क्रममा गिरीले सेवाग्राहीसँग उक्त रकम घुस लिएको पुष्टि भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो दाबी सहित मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया 4