+
+
Shares

चालु आवभित्र सबै मन्त्रालयले ६० प्रतिशत बेरुजु फर्स्योट गर्नुपर्ने

प्रदेशका प्रमुख सचिवहरूले समेत यस विषयमा आ–आफ्नो प्रदेश र स्थानीय तहमा जानकारी गराइ बेरुजु फर्स्योटमा उच्च प्राथमिकता दिने निर्णय गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ९ गते १४:५४

९ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ भित्र सबै मन्त्रालय र निकायले ६० प्रतिशत बेरुजु फर्स्योट गर्नुपर्ने भएको छ ।

सोमबार बसेको सचिव बैठकले यस्तो निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार बेरुजु फर्स्योटका सम्बन्धमा मन्त्रालय/निकायले एक साताभित्र आ-आफ्नो बेरुजु परिमाण तालिका तयार गरी महालेखा परीक्षकको कार्यालयमा पठाउने निर्णय समेत सचिव बैठकले गरेको हो ।

प्रदेशका प्रमुख सचिवहरूले समेत यस विषयमा आ–आफ्नो प्रदेश र स्थानीय तहमा जानकारी गराइ बेरुजु फर्स्योटमा उच्च प्राथमिकता दिने निर्णय गरेको छ ।

यसको प्रगति आगामी सचिव बैठकमा पेस गर्ने निर्णय सोमबारको बैठकले गरेको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?