+

पुरुष क्रिकेट टोलीको ‘कोर क्याम्प’ सुरु हुँदै, यू-१९ का तीन खेलाडी पनि समावेश

२०८२ वैशाख  ९ गते १५:४८ २०८२ वैशाख ९ गते १५:४८
पुरुष क्रिकेट टोलीको ‘कोर क्याम्प’ सुरु हुँदै, यू-१९ का तीन खेलाडी पनि समावेश

९ वैशाख, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्याण्डमा आयोजना हुने आईसीसी क्रिकेट विश्वकप लिग-२ शृंखलाका लागि तयारी क्याम्पको दोस्रो चरण अर्थात् ‘कोर क्याम्प’को घोषणा गरेको छ ।

पहिलो चरणमा ४९ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिएको भएपनि अब ५२ सदस्यीय टोलीलाई चार टिममा विभाजित गरेर क्याम्प सञ्चालन गरिनेछ । ४९ सदस्यीय टोलीमा यू-१९ विश्वकप छनोट टोलीका नरेन भट्ट, युवराज खत्री र सन्तोष यादव थपिएका हुन् ।

क्यानले चयन गरेको खेलाडीहरूलाई नेपाल ब्लु, नेपाल ग्रीन, नेपाल रेड र नेपाल एल्लो गरी चार समूहमा विभाजन गरिएको छ। प्रमुख प्रशिक्षक स्टुअर्ट लको प्रत्यक्ष निगरानीमा यी खेलाडीहरूबीच अभ्यास खेलहरू सञ्चालन गरिनेछ जसबाट अन्तिम टोली छनोट प्रक्रिया अगाडि बढाइनेछ।

यी चारवटै टोलीका बीचमा अभ्यास खेलहरू खेलाइनेछ । आउँदो अप्रिल २६ देखि मे ३ सम्म माथिल्लो र तल्लो मुलपानीमा यो क्याम्प हुनेछ । त्यसअघि अप्रिल २५ मा प्रशिक्षक ल पनि नेपाल आइपुग्ने छन् ।

नेपाल ब्लु : रोहित कुमार पौडेल (क्याप्टेन), प्रज्वल थापा (विकेटकिपर), देव खनाल, अनिल कुमार साह (विकेटकिपर), शाकिब हक, सुर्य तामाङ, सुन्दीप जोरा, कुशल मल्ल, गुलशन कुमार झा, हेमन्त धामी, करण केसी, दिपेश प्रसाद कँडेल, युवराज खत्री

नेपाल ग्रिन : आसिफ शेख (क्याप्टेन / विकेटकिपर), सोमपाल कामी, ईशान पाण्डे, अर्जुन कुमाल, आकाश त्रिपाठी, सागर ढकाल, दिलीप नाथ (विकेटकिपर), विवेक कुमार यादव, पवन सर्राफ, रिजन ढकाल, शेर मल्ला, रसिद खान, सन्तोष यादव

नेपाल रेड : सन्दीप लामिछाने (क्याप्टेन), अर्जुन साउद (विकेटकिपर), त्रितराज दास, भीम शार्की, शुभ कंसाकार, शहाब आलम, बसीर अहमद, आरिफ शेख, लोकेश बम, नन्दन यादव, आकाश चन्द, प्रतिष जीसी, नरेन भट्ट

नेपाल एल्लो : दिपेन्द्र सिंह ऐरी (क्याप्टेन), विनोद भण्डारी (विकेटकिपर), मयन यादव, कुशल भुर्तेल, सुजन थापालिया, ललित नारायण राजबंशी, अर्जुन घर्ती (विकेटकिपर), किरण ठगुन्ना, अविनाश बोहरा, रूपेश कुमार सिंह, कमल सिंह ऐरी, विशाल पटेल, दिपेन्द्र रावत

नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय