+
+
Shares

वर्षाले साइन् गरिन् ‘कस्तूरी’

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ९ गते १५:३५

काठमाडौं । ‘छक्कापञ्जा ५’ रिलिजपछि अभिनेत्री वर्षा सिवाकोटीको ब्यस्तता बढ्दो छ । उनले एकपछि अर्को फिल्म साइन गरिरहेकी छिन् । उनको शीर्ष भूमिका रहेको फिल्म ‘माग्ने राजा’को छायांकन केही दिनमा सकिँदैछ ।

बैशाख १९ मा उनको अभिनय रहेको फिल्म ‘झिल्को’ प्रदर्शन तयारीमा छ । जेठमा उनको नयाँ फिल्म ‘कार्की साइँला’को छायांकन सुरु हुनेछ । वर्षालाई २०८२ साल फापिरहेको देखिन्छ र उनको ब्यस्तता बढ्ने क्रममा छ ।

उनले यसैसाता नयाँ फिल्म ‘कस्तुरी’ साइन गरेकी छन् । रीत बोहराले निर्देशन गर्ने यो फिल्मलाई धीरजकुमार अग्रवालले निर्माण गर्दैछन् । टेन इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा बन्ने यो फिल्ममा बदलाको कथा समावेश छ ।

लभस्टोरी र थ्रीलर जनराको यो फिल्मलाई लिएर वर्षा उत्साहित सुनिइन् । निर्माताले केही दिनअघि चलचित्र विकास बोर्डबाट समेत निर्माण इजाजत लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?