+
+
Shares

माधवलक्षित केपीको टिप्पणी- जुन आमाको दूध चुसेर हुर्कियो, उसैको अस्तित्व मार्न तयार

ओलीले भने, ‘जुन आमाको कोखमा बसेर हुर्कियो, जुन आमाको दुध चुसेर हुर्कियो त्यही आमालाई अस्तित्व पनि राख्दिन भनेर मार्न तयार हुने, अपराधी प्रवृत्ति तिनीहरूमा हाबी छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ९ गते १५:३८

९ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले १५ वर्षसम्म पार्टीको नेतृत्वमा बसेकाहरू नै पार्टी सिध्याउँछौं भन्दै हिंडेको टिप्पणी गरेका छन् ।

नेकपा स्थापनाको ७६ औं वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

विरोधीहरूले पार्टीलाई सिध्याउँछौं भनेर कतिपय लागेको भए पनि एमाले अहिले नसकिने दाबी गरे ।

‘एमाले सिद्धिंदैन, एमालेको आन्दोलन समाप्त हुन सक्दैन, कमजोर पनि हुन सक्दैन,’ ओलीले भने ।

उनले पार्टी विभाजन गरेर अलग भएका माधवकुमार नेपालतिर लक्षित गर्दै ‘जुन आमाको कोखमा बसेर हुर्कियो, उनै आमाको अस्तित्व मार्न’ लागेको आरोप लगाए ।

‘कोही १३ वर्ष यही पार्टीको लिडरसिपमा बसे, कोही १५ वर्ष यही पार्टीको लिडरसिपमा बसे । निर्लज्ज ढंगले यही पार्टी सिध्याउँछौं भनेर हिंडे’ ओलीले भने, ‘जुन आमाको कोखमा बसेर हुर्कियो, जुन आमाको दूध चुसेर हुर्कियो त्यही आमालाई अस्तित्व पनि राख्दिनँ भनेर मार्न तयार हुने, अपराधी प्रवृत्ति तिनीहरूमा हाबी छ ।’

त्यस्तै मान्छेहरूका कारण कम्युनिस्ट पार्टीभित्र समस्या पैदा भएको उनको भनाइ थियो ।

‘दुई तिहाइको पार्टीलाई टर्च बालेर खोज्दा पनि नभेट्ने बनाइदिन्छौं भनेर एमालेमै बसेर अघाएका किर्ना जस्ता भएका, टुम्म टुम्म भएकाहरू, एमालेलाई खोज्दा पनि नभेट्ने बनाउँछौं भनेर हिंडे,’ ओलीले थप भनेका छन् ।

आफूले पार्टी एकता गर्न चाहेको भए पनि एकता भाँड्नका लागि दुरुपयोग गरिएको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?