+

साउथ एसियन युथ टेबल टेनिस च्याम्पियनसिप यसै साता

२०८२ वैशाख  ९ गते १५:५५ २०८२ वैशाख ९ गते १५:५५
साउथ एसियन युथ टेबल टेनिस च्याम्पियनसिप यसै साता

९ वैशाख, काठमाडौं । एसियन टेबल टेनिस युनियन (एटिटियु) को वार्षिक कार्यक्रम अनुसार अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा साउथ एसियन रिजनल युथ टेबल टेनिस च्याम्पियनसिप यही साता हुने भएको छ ।

अखिल नेपाल टेबल टेनिस संघले मंगलबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप यहि वैशाख ११ देखि १४ गते (अप्रिल २४-२७ सम्म) हुने जानकारी दिएको हो । च्याम्पियनसिपका खेलहरु लैनचौर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।

यस प्रतियोगितामा दक्षिण एसियाका भारत , पाकिस्तान, श्रीलंका, बंगलादेश, माल्दिभ्स र नेपाल गरी जम्मा ६ राष्ट्रका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा यू-१९ र यू-१५ ब्वाईज गर्ल्सको खेलाडीहरु सहभागी हुनेछन् ।

प्रतियोगितामा टिम इभेन्टस्, सिंगल्स, डबल्स, मिक्स डबल ईभेन्टमा खेलाइनेछ । कुल १४ इभेन्ट समावेश गरिएको आयोजकले जनाएको छ । ८५ खेलाडीहरू प्रतियोगितामा सहभागी हुनेछन् ।

यस प्रतियोगितामा खेलाडी तथा अफिसियल गरी जम्मा ११३ जना सहभागी हुने संघले जनाएको छ । यो एसियन जुनियर च्याम्पियनसिपको लागि छनोट प्रतियोगिता समेत हो ।

यू-१९ तर्फ नेपाली खेलाडी राम्रो रहेको र राम्रो प्रदर्शन गर्ने अखिल नेपाल टेबल टेनिस संघले जनाएको छ । नेपालले स्वर्ण पदकका लागि नै प्रतिस्पर्धा गर्ने नेपाली टिमका मुख्य प्रशिक्षक मोहनदास बासुकलाले बताए ।

युथ टेबल टेनिस च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय