+
+
Shares

शिक्षामन्त्रीको राजीनामाबारे प्रधानमन्त्री- मैले नै बनाएको, सिकाइरहेकै छु

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ९ गते १६:००

९ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो असहयोगबाट शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएको भन्दै समाचार आएकोप्रति आपत्ति जनाएका छन् ।

नेकपा स्थापनाको ७६ औं वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘एक जना मन्त्रीले राजीनामा दिएको कुरामा धेरै हल्ला भएको छ । प्रधानमन्त्रीले बसिखानै दिएन भन्ने हाल्ला छ रे,’ उनले भने, ‘मैले बनाएको मन्त्री, मैले सहयोग गरिरहेको छु । सिकाइरहेको छु ।’

प्रधानमन्त्री ओलीले अगाडि भने, ‘धेरै ठूलो छ, शिक्षा मन्त्रालय । सजिलो पनि छैन । अस्ति भर्खरै अप्रेसन पनि गर्नुभयो । त्यही भएर स्वास्थ्यको कारण देखाउनुभएको छ ।’

प्रधानमन्त्री ओली सञ्चारमाध्यमप्रति पनि आक्रोशित सुनिए । शिक्षामन्त्रीले प्रधानमन्त्रीबाट असहयोग तथा मतभेद भएर राजीनामा दिन बाध्य पारेको भनेर लेखेको भन्दै उनले आपत्ति समेत जनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?