+
+
Shares

प्रविधियुक्त शिक्षामा भौतिकमन्त्री दाहालको जोड

शाखामार्फत १३ सामुदायिक विद्यालय, एक क्याम्पस र एक सामाजिक संस्थालाई विभिन्न शैक्षिक तथा विद्युतीय सामग्री वितरण गरिएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ९ गते १७:३६

९ वैशाख, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले शिक्षा प्रणाली प्रविधियुक्त र समयानुकूल बनाउन आवश्यक रहेको बताएका छन् ।

मन्त्रालय अन्तर्गतको निर्माण व्यवसाय प्रवर्द्धन शाखामार्फत मंगलबार विभिन्न विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गर्दै उनले शैक्षिक प्रणाली र गुणस्तर सुधार सवैको दायित्व भएको उल्लेख गरे ।

विश्वस्तरमा प्रतिष्पर्धी जनशक्ति उत्पादन गर्न विद्यालय तहदेखि बलियो जग बनाउनुपर्नेमा जोड दिँदै मन्त्री दाहालले सिप र प्रविधियुक्त शिक्षाले स्वदेशमै स्वरोजगारी सिर्जनामा पनि सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्मा लगायत मन्त्रालयका अधिकारीहरूको उपस्थिति थियो । शाखामार्फत १३ सामुदायिक विद्यालय, एक क्याम्पस र एक सामाजिक संस्थालाई विभिन्न शैक्षिक तथा विद्युतीय सामग्री वितरण गरिएको थियो ।

शाखा प्रमुख प्रकाश आचार्यका अनुसार १० थान डिजिटल स्मार्ट बोर्ड, १४ थान कम्प्युटर र २ थान प्रिन्टर प्रदान गरिएको हो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले झापा दमकमा सोही शाखामार्फत उपलब्ध गराइएका शैक्षिक सामग्री विभिन्न जिल्लाका सामुदायिक विद्यालयलाई प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?