+
+
Shares

राजसंस्था पुनर्स्थापना समितिको संयोजकमा पुनः सुवेदी

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ९ गते १८:०६

९ वैशाख, काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि भन्दै गठित समितिका संयोजकमा पुनः नवराज सुवेदी तोकिएका छन् ।

सुवेदीलाई मंगलबारबाट पुनः संयोजकको रुपमा जिम्मेवारी तोकिएको समितिका प्रवक्ता स्वागत नेपालले जानकारी दिए ।

यसअघि गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि सुवेदी प्रहरीको निगरानीमा घरमै रहेका थिए । उनको घरमा आजबाट प्रहरीले निगरानी छाडेको छ ।

यसबीचमा जगमान गुरुङलाई संयोजक बनाइएको थियो ।

१५ चैतमा राजावादी समूहले गरेको प्रदर्शनले हिंसात्मक रुप लिँदा दुई जनाको मृत्यु र प्रहरीको गोलीबाट २० जना घाइते भएका थिए ।

त्यसक्रममा सार्वजनिक र निजी सम्पत्ति जलाइएका थिए । प्रहरीले अनुसन्धानका क्रममा राप्रपा नेता रवीन्द्र मिश्र, जनकमाण्डर तोकिएका दुर्गा प्रसाईंसहितका व्यक्तिहरू पक्राउ गरेको थियो ।
सुवेदीलाई भने घरमै निगरानीमा राखिएको प्रहरीले बताएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?