+
+
Shares

ग्लोबल आइएमई बैंकले ल्यायो ‘रुफटप सोलार कर्जा योजना’

यस कर्जाको मुख्य उद्देश्य नवीकरणीय ऊर्जा पहुँच विस्तार गर्ने, जलविद्युत् ऊर्जा आपूर्तिमा निर्भरता घटाउँदै ऊर्जा सुरक्षा सुनिश्चित गर्ने र ऊर्जा खपत कम गर्दै वातावरणीय प्रभाव न्यूनीकरण गर्ने रहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ९ गते १८:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले पृथ्वी दिवसका अवसरमा औद्योगिक र व्यावसायिक भवनमा सोलार सिस्टम जडानलाई प्रोत्साहन गर्न ‘रुफटप सोलार कर्जा योजना’ सार्वजनिक गरेको छ ।

यस कर्जाको मुख्य उद्देश्य नवीकरणीय ऊर्जा पहुँच विस्तार गर्ने, जलविद्युत् ऊर्जा आपूर्तिमा निर्भरता घटाउँदै ऊर्जा सुरक्षा सुनिश्चित गर्ने र ऊर्जा खपत कम गर्दै वातावरणीय प्रभाव न्यूनीकरण गर्ने रहेका छन् ।

यो कर्जाबाट उत्पादनमूलक उद्योग तथा व्यवसाय जस्तै होटल, हस्पिटल, कोल्ड स्टोर, हाउजिङ कम्पनी, व्यापारिक भवन, शैक्षिक संस्थाहरूले प्रत्यक्ष लाभ लिन सक्ने बैंकले जनाएको छ ।

बैंकले वातावरणीय प्रभाव न्यूनीकरण गर्दै दिगोपनतर्फ अग्रसर हुन रुफटप सोलार कर्जा योजना सार्वजनिक गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?